- रामचन्द्र ढकाल
तिमीलाई भेट्न जाँदा लजाएका नयनहरू
यौवनका श्रृगारसँगै मौलाएका बदनहरू
हिँडााइमा देखिएका डराएका तिम्रा कदम
संगीतमय थिए कति छमछमी पाउजुहरू ।
लाजसँगै भुइँतिर लर्किएका पारीहरू
मुस्कानसँगै लाडिएका ति सुस्केराहरू
ताजै लाग्छ आज पनि बाडुल्किका भाका सबै
सबै सबै ठिक छ भन्ने इसाराका चिन्हहरू ॥
हात पाउ देख्दा लाग्थ्यो पटुकीका डोबहरू
साडीसँग सजिएका बुट्टेचोली पारीहरू
कति राम्रो आहा देख्दा परि झै पो दोखियौ त
लाजसँँगै भिजेका ती गुलाब सरी ओठहरू ।
म पनि त उही थिएँ थिए भिन्न रहरहरू
के के सोचेँ त्यति बेला आएजति कुराहरू
यो भन्दा त उ पो राम्रो किन आएँ यति टाढा
भन्दा भन्दै मस्त भएँ भुलि गएँ अतीतहरू ॥
बाचा बचन थिएन नि मन्का थिए भाकाहरू
बोली मिसिएन फेरि लुकाइ बसें रहरहरू
तिमी पनि उस्तै पाएँ पहिलो चोटि भेट्दा मैले
भन्न खोज्दाखोज्दै हिडेँ के के थिए कुराहरू ।
फुली देखेँ टल्किएको कानैमा झुम्काहरू
दाँत देखेँ मिलेका ती पिपलपाते ओठहरू
अरू त क्यै देखिन खै अरू पनि थिए होलान्
लजायौ नि तिमी पनि थिए तिम्रा यादहरू ।
पानी भर्न जाने बाटो पोखिएका बोलीहरू
चिप्लो थियो सुख्खा थियो बिर्सिएका पलहरू
एकोहोरो हेरी बसेँ तिमीलाई देखुँ भनी
भो भो भन्दै उडेका ती गाउँतिर चरीहरू ।
आउ दाजु आउ दिदी भए जति नाताहरू
दिन जुराइ आउने होला मिली तिनै छाताहरू
अब के के गर्नुपर्छ मिलाउनु है सबै तिमी
बन्द गर्नु सबै तिम्रा पुराना सब खाताहरू ।
- कोमल, काठमाडौं
प्रतिक्रिया