भारतका दुई केन्द्रीय मन्त्रीद्वारा राजीनामा

भारतका दुई केन्द्रीय मन्त्रीद्वारा राजीनामा


भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।

उनीहरू दुवै जना राज्यसभा सदस्य थिए । उनीहरुको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एक दिनअगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको यो पहिलो पटक हो । उनीहरु फेरि निर्वाचित हुनुअगाडि ५ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको छ ।

हालै भएको राज्य सभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको हो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन ।

जेडीयू गठबन्धनको तर्फबाट बिहारबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा सपथ लिएका थिए ।