सेनाद्वारा विद्यालयमा रङरोगन तथा सरसफाइ

सेनाद्वारा विद्यालयमा रङरोगन तथा सरसफाइ


जिल्लामा तैनाथ रहेका नेपाली सेनाले पछिल्लो सयम विभिन्न सामाजिक क्षेत्रका कार्यमा सहयोग गर्दै आएको छ । यसै सिलसिलामा नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर मातहत रहेको एक युनिटद्वारा यहाँको केआइसिंह गाउँपालिका–७ मा रहेको कलारै आधारभूत विद्यालयमा आफ्नै खर्चमा रङरोगन तथा सरसफाइ गरिएको छ ।

उक्त विद्यालयमा लामो समयदेखि रङरोगन तथा सरसफाइ नहुँदा विद्यार्थीको पढाइमा असर पर्न थालेको भन्दै सेनाको टोलीले विद्यालय भवनमा आफ्नै खर्चद्वारा रङरोगन तथा सरसफाइ गरेको केआइसिंह–७ का स्थानीयवासी गगनबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको टोलीले विद्यालयमा रङरोगन तथा सरसफाइ गरेपछि अहिले उक्त विद्यालय टिलिक्क टल्किएको छ ।

सेनाले आफ्नै खर्चमा विद्यालय भवनमा रङरोगन तथा सरसफाइ गरेपछि अहिले त्यहाँका अभिभावक पनि नेपाली सेनाप्रति निकै खुसी भएका छन् ।