शैक्षिक क्षेत्रका समस्या समाधान गर्न राप्रवि संगठनद्वारा शिक्षामन्त्रीलाई ज्ञापन

शैक्षिक क्षेत्रका समस्या समाधान गर्न राप्रवि संगठनद्वारा शिक्षामन्त्रीलाई ज्ञापन


राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न विभिन्न मागसहितको ज्ञापनपत्र पेश गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सोमबार सिंहदरबारमा भेट गरि यही असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही सिलसिलामा आज शिक्षामन्त्रीसमक्ष संगठनले ज्ञापनपत्र पेश गरेको हो ।