जापानमा संक्रमितको संख्यामा नयाँ रेकर्ड

जापानमा संक्रमितको संख्यामा नयाँ रेकर्ड


  • टोकियो प्रतिनिधि

आज शनिबार जापानमा कोरोना संक्रमण हुने संख्यामा नयाँ रेकर्ड कायम हुन पुगेको छ ।

गएको फेब्रेअरी ५ तारिखमा एकैदिन एक लाख ४ हजार १६९ जनामा कोरोना भएको थियो । त्यो अंकलाई आजको संक्रमण संख्याले जितेको हो । आज कोरोना संक्रमितको संख्या एक लाख १० हजार ६ सय ७५ जना रहेका छन् ।

आज कोरोना सक्रमणका कारण कम्तिमा २० जनाको ज्यान गएको छ ।

आज टोकियोमा मात्र १८ हजार ९ सय १९ जनामा कोरोना देखिएको छ भने जापानको १३ प्रान्तहरुमा संक्रमण हुनेको संख्या बढेको छ ।