इतिहासकै जटिल चुनावी मोडमा दलहरू : कसैको बहुमत आउन नदिन सबैथरी सक्रिय

इतिहासकै जटिल चुनावी मोडमा दलहरू : कसैको बहुमत आउन नदिन सबैथरी सक्रिय


गठबन्धन बनाएर चुनाव लड्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धक्का पुगे पनि बहुमत स्थान हासिल गर्न कुनै पनि दल असमर्थ रहने निश्चित छ । त्यसैले मुलुकमा अब स्थीर तथा बहुमत प्राप्त सरकार गठन हुने सम्भावनाको अन्त्य भएको छ ।

वामपन्थी कम्युनिष्ट पार्टीहरूभित्र वर्तमान सत्ता गठबन्धन भत्काएर वाम गठबन्धनको निम्ति चर्को दबाब पैदा भइरहेको भए पनि अहिलेसम्म शेरबहादुर देउवाविरुद्ध बहुसङ्ख्यक सांसद जुट्ने स्थिति बनेको छैन । केपी ओलीसङ्ग प्रचण्ड र माधवकुमार नेपालको सम्बन्धमा सुधार नआएकोले वाम गठबन्धनको सपना-योजना अहिलेसम्म पूरा हुन नसकेको हो । आफ्नो सफलताभन्दा पनि केपी शर्मा ओलीको असफलतालाई नै सफलता ठान्ने मनस्थितिमा रहेका प्रचण्ड र माधवकुमार नेपाल एक्लाएक्लै चुनावी मैदानमा जाँदा दुवैले कुल दश स्थानभन्दा बढीमा विजय प्राप्त गर्न नसकिने अवस्था रहेको तथ्य बोध उनीहरू स्वयम्ले गरेका छन् । त्यस्तो स्थितिमा एमाले संसद्को सबैभन्दा ठूलो दल बन्न सक्ने सम्भावनाप्रति प्रचण्ड र माधव ज्यादा सचेत र संवेदनशील बन्न पुगेका छन् । देशको गृहमन्त्रीले नै एक्लाएक्लै चुनाव लड्दा माधव नेपालले बढीमा एक र माओवादीले बढीमा नौ स्थानमा विजय हासिल गर्ने अवस्था रहेको ठोकुवा गर्दै काङ्ग्रेससङ्ग धेरै ठूलो वार्गेनिङ नगर्न साङ्केतिक चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचिततर्फको कूल १६५ स्थानमध्ये माओवादीले कम्तिमा पचास र समाजवादीले कम्तिमा तीस स्थानका लागि काङ्ग्रेससँग बार्गेनिङ गर्न सक्ने सङ्केत दिएका छन् । माधव नेपाल समूहमा प्रत्यक्ष निर्वाचित कूल तेह्र सांसद रहेका छन् । एमालेमा रहँदा माधव पक्षका पचपन्न बढीले टिकट पाएका भए पनि तीमध्ये चौबिस जना विजयी भएका थिए । चौबिसमध्ये पनि तेह्र जना मात्र माधवको पक्षमा रहेका छन् । काङ्ग्रेसले माधव समूहका निम्ति पन्ध्रदेखि बीस स्थान मात्र छोड्न सक्ने सम्भावना छ । त्यस्तै माओवादीले गत संसदीय निर्वाचनमा सैंतिस निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । सैंतीसमध्ये चार सांसद एमालेमा गएका छन् । तथापी आगामी निर्वाचनमा साठी स्थान आफूले पाउनुपर्ने दाबी माओवादीको छ । साठी मागेर पचास स्थानमा चित्त बुझाउने माओवादीको सोच बनेको सम्बद्ध सूत्रहरूले जनाएका छन् ।

त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जसपाले पनि बीस निर्वाचन क्षेत्रमा दाबी गरेर पन्ध्र स्थान लिइछाड्ने सोच बनाएको छ । यसरी हेर्दा काङ्ग्रेसले कम्तिमा पचास माओवादीलाई बीस समाजवादीलाई र पन्ध्र जसपालाई छोडिदिनुपर्ने देखिन्छ । कुल पचासी स्थानमा अर्को पक्षका उम्मेदवारलाई समर्थन गरेर केवल असी स्थानमा मात्र काङ्ग्रेसले आफ्नो उम्मेदवार खडा गर्न पाउने स्थिति हुनेछ । वि.सं. २००७ सालको परिवर्तन यता भएका सबै संसदीय निर्वाचनमा शत प्रतिशत स्थानमा आफ्नो उम्मेदवार खडा गर्दै आएको काङ्ग्रेस आगामी निर्वाचनमा पचास प्रतिशतभन्दा कम निर्वाचन क्षेत्रमा मात्र आफ्नो उम्मेदवार खडा गर्न खोज्दैछ । यसरी गठबन्धन बनाएर चुनाव लड्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धक्का पुगे पनि बहुमत स्थान हासिल गर्न कुनै पनि दल असमर्थ रहने निश्चित छ । त्यसैले मुलुकमा अब स्थीर तथा बहुमत प्राप्त सरकार गठन हुने सम्भावनाको अन्त्य भएको छ ।

विद्यमान सत्तारुढ गठबन्धन कायम भई निर्वाचनमा जाँदा काङ्ग्रेसले छोड्ने कम्तिमा असीदेखि पचासी निर्वाचन क्षेत्रमा काङ्ग्रेसका बागी उम्मेदवार खडा नहुने कल्पनासम्म गर्न सकिँदैन । काङ्ग्रेसको विद्रोही समूहले अलग्गै दल बनाएर या नबनाइकन नेकपा एमालेसङ्ग चुनावी तालमेल गरेको अवस्थामा त्यसबाट काङ्ग्रेस, माओवादी, समाजवादी र जसपालाई गम्भीर क्षति पुग्न सक्ने देखिन्छ ।

कदाचित काङ्ग्रेससङ्ग निर्वाचन क्षेत्र भागवण्डामा कुरा मिल्न सकेन भने मात्र वामपन्थी कम्युनिष्टहरूबीच चुनावी गठबन्धनको सम्भावना छ र, त्यस्तो गठबन्धन बनेमा काङ्ग्रेसले फेरि पनि कुल तीसभन्दा कम स्थानमा चित्त बुझाउनु पर्ने हुन्छ । विद्यमान सत्तारुढ गठबन्धन कायम भई निर्वाचनमा जाँदा काङ्ग्रेसले छोड्ने कम्तिमा असीदेखि पचासी निर्वाचन क्षेत्रमा काङ्ग्रेसका बागी उम्मेदवार खडा नहुने कल्पनासम्म गर्न सकिँदैन । काङ्ग्रेसको विद्रोही समूहले अलग्गै दल बनाएर या नबनाइकन नेकपा एमालेसङ्ग चुनावी तालमेल गरेको अवस्थामा त्यसबाट काङ्ग्रेस, माओवादी, समाजवादी र जसपालाई गम्भीर क्षति पुग्न सक्ने देखिन्छ ।

यस्तो पृष्ठभूमिमा हुने आगामी संसदीय निर्वाचनमा कसैले बहुमत हासिल गर्न नसक्ने, त्यसले देशको राजनीतिलाई थप अस्थीर तुल्याउने निश्चित छ । राजनीतिक अस्थिरताले विकास र समृद्धिको मार्गलाई अवरुद्ध तुल्याउने मात्र नभई मुलुकको शान्ति र अमनचैनमा समेत गम्भीर धक्का पुर्‍याउने चिन्ता थपिएको छ ।

वामपन्थी कम्युनिष्टहरूबीच कदाचित चुनावी गठबन्धन बने पनि त्यसले राजनीतिक स्थिरता पैदा गर्ने सम्भावना दर्शाउँदैन । काङ्ग्रेस, माओवादी, समाजवादी र जसपाबीच चुनावी गठबन्धन बनेको अवस्थामा अर्कोतिर नेकपा एमाले, लोसपा, जनमत पार्टी, राप्रपा र उपेन्द्र यादवबाट अलग्गीएको मधेश केन्द्रीत समूहबीच बेग्लै गठबन्धन बन्ने निश्चित प्राय: छ । जस्तो प्रकारको गठबन्धन बने पनि आगामी निर्वाचनपश्चात् कुनै दल विशेषको बहुमतको सरकार देशले प्राप्त गर्ने छैन । सबै दलहरू निर्वाचनमा बहुमत हासिल गर्न असमर्थ भएपछि त्यसले झन् अस्थिरता बढाउने र विद्यमान राजनीतिक प्रणालीको अन्तिम निर्वाचन नै यही (२०७९ को) बन्न सक्ने सम्भावना बढाएको छ ।