जापानमा नेपाली-नेपालीबीच झडप, अभद्र क्रियाकलापका कारण नेपाली समुदायको साख गिर्दै

जापानमा नेपाली-नेपालीबीच झडप, अभद्र क्रियाकलापका कारण नेपाली समुदायको साख गिर्दै


  • symbolic image
  • कविकिरण न्यौपाने, नागोया (जापान)

बेलाबखतमा जापानमा नेपालीहरुको गलत कृयाकलापका कारण नेपाल र नेपालीप्रतिको गरिमा घट्दै गएकोमा धेरैको चिन्ता बढेको छ । जापानमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी एकआपसमा झगडा गर्दै हिँड्छौँ भने जापान आउनुको अर्थ नै के रहन्छ र ? अझ आफ्नो सन्तानका सुन्दर भविष्यको लागि ठूलो रकम ऋणधन गरेर पठाएका अभिभावकहरुले आफ्ना छोराछोरी विदेशमा यस्तो गतिविधिमा लाग्दा कस्तो महसूस गर्लान् ? सोचनीय विषय बनेको छ।

गत शनिबार नागोमामा रहेको देउराली रेष्टुरेन्ट एण्ड बारको वार्षिक उत्सवको अवसरमा विषेश कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा कलाकारसहित धेरैलाई आमन्त्ररण गरिएको थियो ।

कार्यक्रम चलिरहँदा गिफुबाट आएका नेपाली ग्रुप र नागोयाका युवाहरुबीच झडप भएको प्रत्यक्षदर्शीले बताए । पछि फेरि नागोयाकै युवाहरुबीच पनि रक्ताम्यै हुने गरी मारामार भएको बताइएको छ । जसका कारण दर्जनौँ घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

झगडा छुट्टाउने क्रममा छुट्याउन खोज्नेमाथि नै प्रहार भएको बताइएको छ । रेष्टुरेन्ट संचालकले भने झगडा रेष्टुरेन्टबाहिर भएको भन्दै बचाउको प्रयास गरेका छन् । नेपालमा आफन्तहरुलाई अझ चिन्ता हुने हुँदा घाइतेको नाम सार्वजनिक नगर्न जापानमा घाइतेका आफन्तहरुले आग्रह गरेका छन् ।

उक्त गम्भीर बिरामीलाई भेट्न अस्पताल गएका एनआरएनए आइसीसी सदस्य दीपक कार्कीका अनुसार बुधबार एउटा अप्रेशन भएको छ। सम्बद्ध चिकित्सकका अनुसार फेरि अर्को अप्रेशन गर्नुपर्छ । यस्तो प्रकृतिको घटनाले नेपालीको शिर निहुरिन परेको उनको तर्क छ ।

नेपालीको यस्तो अभद्र गतिविधिले जापानमा नेपालीका लागि भनेर खोलिएका संघसंस्थालाई पनि चुनौती थपिएको सञ्चारकर्मीसमेत रहेका स्याङ्जा समाज नागोयाका अध्यक्ष निशान रानाले बताए । यो घटनालाई सबैले गम्भीर रुपले लिनुपर्ने उनी बताउँछन् । घटनाको अनुसन्धान भइरहेको बताइएको छ।