बलात्कारी हत्याराको यो शैली !

बलात्कारी हत्याराको यो शैली !


२० वर्षअघिको घटना र विचार

  • विजय केसी

अगस्त २१, सन् १९६२, तेह्रवर्षे एउटा केटो पश्चिम बोस्टनकी एक विधवाको घरमा पस्दै मात्र थियो- ७५ वर्षीया ती विधवा इड इर्गा, भुइँमा लडिरहेकी थिइन् । उनी सर्वाङ्ग नाङ्गी थिइन् । उनका दुईटै खुट्टा जोडले फारेर बाँधिएका थिए । चिउँडोबाट रगत घाँटीमा तप्किरहेको थियो र योनीबाट भुइँमा ।

निमेषभरमै प्रहरीले ठोकुवा गयो कि बलात्कारपश्चात् हत्या गरिएको हो । त्यसप्रकृतिका निकै हत्याहरू भइसकेका थिए । हत्यारा पत्ता लागेको थिएन । र, पश्चिम बोस्टनका त्यस्ता घटनाहरूले सिङ्गो अमेरिका तताइरहेका थिए ।

घटनास्थलमा सधैं नाइलनको डोरी पाइन्थ्यो, जुन घाँटीमा लपेटिएको हुन्थ्यो । तर बलजफ्ती गरेर घरभित्र घुसेको, धनसम्पत्ति चोरेको तथा अन्य बिगारजन्य काम गरेको फिटिक्कै पाइन्नथ्यो ।

जून १४, १९६४ देखि जनवरी १९६४ बीचमा १३ वटा उस्तै-उस्तै प्रकारका घटना घटे । प्रसिद्ध भयो हत्यारा ‘अनौठो दानव’का नामले । प्रहरीले एक्लै बस्ने महिलालाई सचेत गराउन थाल्यो । घाँटी अँठ्याएर मार्ने हत्याराको छुट्टै फाइल बन्यो । प्रहरी कमिसनर एमसी नमराले प्रहरीलाई आरामले नसुत्न भने । सारा बोस्टन छापा मार्दा पनि हत्यारा फेला परेन । बरु, कैयौँ निर्दोषहरू शङ्काको भरमा समातिए र छानबिनपछि छोडिए । मानसिक अस्पतालबाट मुक्त भएका बिमारीले पो उपद्रो गरेको हो कि भनेर प्रहरीले छानबिन गर्‍यो, तर हात लाग्यो शून्य ।

‘अनौठो हत्यारा’ अल्वर्ट डे साल्भो वोस्टनको ब्याकबेवासी थियो । जून १४, १९६२ म्यासाच्युट प्राविधिक प्रतिष्ठानकी अनुसन्धान इन्जिनियर जुरिस स्लेसर्स वोग्सवर्ग रोडस्थित घर नं ७७ मा जाँदै थिइन् । लात्भियाकी ५५ वर्षीया शरणार्थी आमा अन्नालाई हेर्दा लाग्यो उनी जुरिसभन्दा निकै कान्छी हुन् । जुरिसले निकै बेर घण्टी बजाइन् तर ढोका खुलेन । अन्त्यमा ढोका घचेटेर भित्र पसिन् । निस्पष्ट अँध्यारो थियो । आमालाई बोलाइन् । आमाले नबोलेपछि बत्ती बालेर चारैतिर हेरिन् । अन्ना बाथरुम छेउमा नाङ्गै लडिरहेकी थिइन् । नीलो रङ्गको घरेलु कोट घाँटीमा बेरिएको थियो र चिउँडोबाट रगत बगिरहेको थियो । उनले तत्कालै प्रहरीलाई. जानकारी दिइन् । एकै प्रकृतिको यस्तो बीभत्स हत्याक्रमको शृङ्खलाले प्रहरीलाई हैरान पार्‍यो । एक्ली आइमाई भएको मौका पारेर बलात्कार गर्ने अनि घाँटी अँठ्याएर मार्ने हत्याराको पहिचान गर्न प्रहरी असमर्थ भयो । तर बलात्कारी हत्यारा साल्भो प्रहरीको नाकैमुनि रहेर एक्ली आइमाईको खोजीमा दिनभर डुलिरहन्थ्यो ।

सन् १९६२ को जून ३० तारिख शनिबारका दिन कमनवेल्थ अपार्टमेन्ट बिल्डिङमा, बस्ने ६८ वर्षीया निना निकोल्सलाई पनि साल्भोले बलात्कार गरी घाँटी अठ्याएर मार्‍यो । उसको शैली सधैं एकै प्रकारको हुन्थ्यो- च्याप्प समात्ने, खुट्टा फारेर बाँध्ने, धित मरुञ्जेल बलात्कार गर्ने, र घाँटी अठ्याएर मार्ने । मूल्यवान धनमाल फिटिक्कै नछुने साल्भो घटनास्थलमा एउटै पनि प्रमाण छोड्दैनथ्यो ।

अल्वर्ट डे साल्भोले कलिला केटीहरूलाई चाहिँ बलात्कार गरेन । तर वृद्धाहरू चाहिँ मर्नै लागेका पनि छोडेन ।

सन् १९६४ अक्टुबर २७ मा जब साल्भो एउटी महिलालाई बलात्कार गरेर फर्कंदै थियो, प्रहरीको फन्दामा पर्‍यो । बलात्कृत महिलाले उसको सम्पूर्ण हुलिया बताएपछि आर्टिस्टले एक चित्र बनाए ।

प्रहरीले अपराधीहरूको फाइलसँग उक्त स्केच भिडाएपछि थाहा भयो कि बलात्कारी हत्यारा सन् १९६२ को अप्रिलमा ११ महिना कैदखाना परेर मुक्त भएको साल्भो हो । पहिले उ युवतीलाई झुक्याएर र फन्दामा पारेर त्यस्तो काम गतो काम गथ्र्यो । जब मोडलिङमा भुतुक्क हुन खोज्ने युवतीहरू आउँथे ‘यताउति नाप्नु छ’ भन्नेर बिकनी र ब्रातर्फ फित्ता र हात लगिहाल्थ्यो । त्यसपछि ड्याम्म ढोका बन्द गरी बलात्कारको काम थालिहाल्थ्यो । ऊ उजुरीपछि पक्राउ परेका थियो । प्रहरीले सोधपुछ गर्दा निर्धक्कसँग भन्थ्यो कि मैले दुई-चार सयलाई त्यसो (बलात्कार गरे, यकिन सङ्ख्या थाहा भएन ।

साल्भोलाई प्रहरी हेडक्वार्टर लगियो । सुरुमा घटनाक्रमसँग मिल्दो बयान दिएन । सधैं हरियो गन्जी लगाउने उसलाई प्रहरीहरू हरियो मान्छे भन्थे । गुप्तचर अधिकृतहरूले शङ्का गरे- मानसिक सन्तुलन बिग्रेर पो बलात्कारी हत्यारा बन्न पुग्यो कि ! उसलाई बोस्टन स्टेट हस्पिटलमा लगेर ‘ब्रेन वास’ गरियो । उसकी तरुनी श्रीमतीले भएभरको कुरो प्रहरीलाई बताइदेऊ भनेर कर गर्न थाली । चारैतिरबाट गल्न थालेपछि साल्भोले कुकृत्यहरूको हुबहु नालीबेली बतायो ।

साल्भो कतिसम्म पापी थियो भने मेरी लिभान नाउँकी युवतीलाई. बलात्कार गर्दागर्दै मरिसक्दा पनि छोडेन । अरू चार सय महिलाहरू एक्लाएक्लै बस्ने घर उसले छानिसकेको थियो । यी कुरा प्रहरीसामु उसले बतायो ।

नोभेम्बर २, १९६७ मा साल्भोलाई अदालतले आजीवन काराबासको सजाय दिने फैसला गर्‍यो । तेह्र महिलालाई बलात्कारपश्चात् हत्या गर्ने तथा करिब ६ सय महिलालाई बलात्कार गर्ने ४२ वर्षीय अल्वर्ट डे साल्भो नोभेम्बर २६, १९६४ मा जेलमै मृतावस्थामा भेटियो । तर यो रहस्य आजसम्म खुलेको छैन कि साल्भोलाई कसले मार्‍यो ।

(घटना र विचार साप्ताहिक, १५ जेठ २०५९)