गजल

गजल


  • प्रथा ओमकार

मित्र को हो शत्रु को हो चिन्न कहाँ जाऊँ
मन फाट्दा सियो-धागो किन्न कहाँ जाऊँ ?

रित्तो पेट हल भएन जिन्दगीको गणित
बेरूजु यो हिसाब पनि छिन्न कहाँ जाऊँ ?
यता टाल्यो उता चुहिने गरीबको भाँडो
दुःखका यी फापरगेडी पिन्न कहाँ जाऊँ ?

छातीभित्र आँसु ताल कसले बुझी दिन्छ
बाँध फुटी भेल बग्यो म थुन्न कहाँ जाऊँ ?

थोपा थोपा पसिनाको कुन्यु लुट्ने को हो
विचारको अखने बोकी उधिन्न कहाँ जाऊँ ?

सरिफ जति हरिप भए हरिप पनि सरिफ
उस्तै उस्तै यतै छोडी म भिन्न कहाँ जाऊँ ?