जापानमा पनि देखापऱ्यो मंकी पक्स

जापानमा पनि देखापऱ्यो मंकी पक्स


  • जापान प्रतिनिधि, टोकियो

विश्वका विभिन्न मुलुकमा फैलिरहेको मंकी पक्स जापानमा पनि देखापरेको छ । जापानी संचारमाध्यम एनएचकेले जनाएअनुसार टोकियोमा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘आपतकालीन अवस्था’ घोषणा गरेको मंकी पक्स जापानमा अहिलेसम्म देखिएको थिएन । उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि पहिलो पटक संक्रमित फेलापरेको पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेपश्चात आज बिहान सरकारले मंकी पक्स रोकथामका उपायबारे बैठक बसेर जानकारी सङ्कलन र उपचार प्रणालीको तयारी गर्ने बताएको थियो ।

जापानमा पहिलो पटक देखिएता पनि अत्यन्तै धेरै जनघनत्व भएको टोकियोमै देखा परेकाले उच्च सावधानी अपनाउन नसके यसले पनि महामारी फैलाउन सक्ने बताइएको छ।