मेलवर्नमा ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ आयोजना हुने

मेलवर्नमा ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ आयोजना हुने


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

आगामी सेप्टेम्बर १० का दिन अष्ट्रेलियाको मेलवर्नमा ‘नेपाल फेस्टिबल मेलवर्न २०२२’ आयोजना हुने भएको छ । फेस्टिबल फेडरेशन स्क्वायरमा आयोजना गरिने जानकारी दिइएको छ ।

फेस्टिबलबारे जानकारी दिँदै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक हरि खड्काले भने, ‘नेपाली संस्कृति, कला, भेषभुषा तथा नेपाली खानाका परिकारहरुलाई प्रवासमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यो फेस्टिबलमा हामी विदेशीहरूलाई पनि नेपाल र नेपालीहरूको शान अनि मानका बारेमा जानकारी दिने छौँ ।’

खड्काले कार्यक्रममा नेपालीपन झल्कने झाँकीहरुको साथमा नेपाली कलाकारका बेजोड प्रस्तुतिहरू पनि समेटिने जानकारी दिए । उनले यस प्रकारको फेस्टिबल २००८ बाट आयोजना गरिँदै आइएको पनि बताए ।

फेस्टिबललाई सफल, प्रिय र वाहवाहीयुक्त बनाउंन नेपाली सघंसंस्थाका प्रतिनिधिहरू आवद्ध ५१ जनाको मुल आयोजक समिति र २१ वटा उपसमिति बनाइएको छ । ‘सबैको उत्साह, साथ र हौसलाका कारण फेस्टिबलको आयोजना ऐतिहासिक हुने विश्वास हामीले लिएका छौँ’, संयोजक खड्काले विश्वास प्रकट गरे ।

फेस्टिबलमा अष्टेलियाको संस्कृतिक प्रस्तुतिहरू पनि समेटिने छन् भने अन्य समुदायहरूको पनि गरिमामय प्रस्तुति रहने छ । फेस्टिबलमा भिक्टोरियाका मेयर एन्ड्र्यु होनामलगायत मन्त्रीहरु र प्रतिष्ठित अतिथिहरुका साथ अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ ।