गाउँपालिका अध्यक्षले श्रीमतीलाई भान्से नियुक्त गरेपछि…

गाउँपालिका अध्यक्षले श्रीमतीलाई भान्से नियुक्त गरेपछि…


अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि उनको आलोचना भएको छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापनबिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरिएको थियो ।

करार सेवाअन्तर्गत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना)का लागि उनले सो नियुक्ति दिएका थिए । जसअनुसार श्रीमती जयसराले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन् ।

करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको विषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशनअनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाएका छन् ।

श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन् ।