सोमबार ८९५ मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

सोमबार ८९५ मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु


नेपालमा सोमबार आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार तीन सय २६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसन एक सय ४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की रहेको छ । सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् ।