प्रजातन्त्र सेनानी बादेको ९७ वर्षको उमेरमा निधन

प्रजातन्त्र सेनानी बादेको ९७ वर्षको उमेरमा निधन


प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो ।

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी छन् । बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।