मदिरा सेवन गरी प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ

मदिरा सेवन गरी प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेको आरोपमा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र शमशेर बिष्टलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार डडेल्धुरा अस्पतालमा दुवै जना मादक पदार्थ सेवन गरेर बिरामीको कुरुवाका लागि आएका थिए ।

अस्पतालमा होहल्ला गर्न थालेपछि प्रहरी टोली अस्पताल पठाइएको तर उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । पक्राउ परेका दुवैमाथि अभद्र व्यवहारमा मुद्धा चल्ने प्रहरी निरीक्षक जोशीले बताए ।