एफएनजेका अध्यक्ष विस्टसँगको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न,

एफएनजेका अध्यक्ष विस्टसँगको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न,


वृहत कन्फरेन्सको तर्जुमा गर्नमा सहमति
IMG_0295लण्डन । हिजो लण्डनको इलिङ्गस्थित हङ्ग्री यती रेष्टुरेन्टमा नेपाल पत्रकार महासँघ यूके शाखाले आफ्ना अध्यक्ष महेन्द्र विस्टको सम्मानार्थ एक रात्रि भोजको आयोजना सम्पन्न गरेको छ । सो अवसरमा नेपाल पत्रकार महासँघसँग यूके शाखाको एक कार्य योजनामूलक अन्तरक्रिया पनि गरेको छ ।
नेपाल पत्रकार महासँघ यूके शाखाले राखेको सो कार्यक्रममा शाखाका लगभग डेढ दर्जन सदस्यहरु उपस्थित रहेका थिए । सोही साँझ अन्तै अर्कै कार्यक्रम भइरहेको अवस्थामा पनि छोटो सूचनाको आधारमा त्यतिका संख्यामा सदस्यहरुको उल्लासजनक उपस्थिति निकै सह्राहनीय मानिएको थियो । सो कार्यक्रममा नेपाली वीवीसी सेवाबाट वरिष्ठ पत्रकारद्वय सुमन खरेल र भगिरथ योगीको पनि उपस्थिति रहेको थियो ।
अन्तरक्रियात्मक चरणमा ज्यादाजसो सदस्यहरुले केन्द्रलाई तिर्ने लेभी अति नै उच्च भएकोबारे अध्यक्षको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा, महासँघको वैदेशिक विभागमा स्पष्ट नीतिको तर्जुमा नभएको, सदस्यहरुको स्तर, क्षमतालगायत तिनको ‘इलिजिविलिटी’तर्फ गम्भीरताका साथ ध्यान नदिएको, वैदेशिक शाखाका सदस्यहरुलाई चुन्ने र चुनिने आधारभूत अधिकारउपर ढुलमुले नीति राखिएको, वैदेशिक शाखाहरुको औचित्यता र त्यसमा केन्द्रको प्रभावपूर्ण भूमिका, सदस्यहरुको सुद्धिकरणका साथै तिनको क्षमता अनि दक्षतालाई वृद्धि गराउनका लागि गर्न सकिने व्यावसायिक कार्यशाला, ट्रेनिङ्ग (अनलाइन कन्फेरेन्सको आधारमा या शिक्षक झिकाएर)को बारेमा र पत्रकारिताको सन्दर्भमा, नेपालमा आन्तरिक तथा वाह्य विविध सेवा तथा सुविधाहरुको विकासको सन्दर्भमा मुख्य विषय बनाइ एक वृहत कार्यशालाको आयोजना गर्ने हेतु युरोप शाखाअन्तर्गत स्वीट्जल्र्याण्डका नेपाली पत्रकारहरुको उत्साहपूर्ण आग्रहमा यूके शाखा र केन्द्र मिलेर वृहत कन्फरेन्सको आयोजना गर्न सकिने या नसकिने भन्ने आदि विषयमा व्यापकमा चर्चा गरिएको थियो ।
IMG_0309बेलायतका शाखाका अध्यक्ष चिरन शर्माले अध्यक्ष महेन्द्र विस्टलाई खादा ओढाएर सम्मान व्यक्त गरेका थिए भने वरिष्ठ पत्रकार सुमन खरेलको हातबाट अध्यक्ष विस्टलाई बेलायत शाखाले शाखाको टी-शर्ट उपहार गराएको थियो । आफ्नो बोल्ने क्रममा अध्यक्ष विस्टले सबै प्रश्नहरुको संक्षिप्त रुपमा उत्तरहरु दिएका थिए । महङ्गो लेभीमा कमी नहुने, नयाँ सदस्यहरुको शुद्धीकरण गर्नका लागि निश्चय पनि केन्द्रलाई शाखाको रायको जरुरत रहने र त्यसमा वास्तवमै शाखा नै ज्यादा सम्वेदनशील हुनु पर्ने, शाखाले सबै विवरणहरु खुलाएर, सबै काजग तथा प्रमाणहरु जुटाएर त्यसलाई प्रमाणित गरेर बुझाएको खुलाशाहरुको आधारमा ती सदस्यहरुलाई नेपाल पत्रकार महासँघको परिचय पत्र दिइने, नेपाल र नेपालीहरुका लागि नेपालीहरुले चलाएका सम्पादक प्रमुख हुने अनलाइनहरु निश्चय नै नेपाल पत्रकार महासंघको दायित्व र घेराभित्र रहने र तिनले आफ्नो स्वेच्छाले प्रेस काउन्सिलमा आफूलाई दर्ता गराउन सक्ने, कन्फरेन्सको सन्दर्भमा बेलायत शाखाले नेतृत्व गरी स्वीट्जल्र्याण्डमा एनआरएनहरुको साथले एक वृहत किसिमको वा पत्रकारहरुका माझ मात्रको एक सम्पूर्ण पत्रकारिक कार्यक्रम राखी केन्द्रको उपस्थितिको लागि पहल गरे आफू राजनी भएको भन्ने आफ्ना उत्तरहरुको क्रममा दिएका थिए । बेलायत शाखाले केन्द्रको सो चाहानाको कदर गर्दै त्यसमा आफ्नो शाखाको भूमिका कस्तो हुनेछ र कसरी त्यसउपर काम गर्न सकिने छ भन्ने विषयमा अर्को वैठक गरी त्यसको निर्णयलाई सार्वजनिक गर्ने जनाएको छ ।
रात्रि भोजरातको अवेरसम्म चलेको थियो, भोजको दौरान अहिलेको जल्दोबल्दो विषय अर्थात् युरोप शाखाको दोस्रो अधिवेशनको चर्चा चलेको थियो । सदस्यहरुको शुद्धीकरणलाई निकै नै गम्भीरताका साथ काम नगरी नभएको चर्चाको शिखरको प्रसङ्ग रहेको थियो ।
तस्वीर: नेरेन्द्र बस्नेत
Click here to view the entire Album