दक्षिण कोरियामा एकैदिनमा एक लाख १० हजार सङ्क्रमित

दक्षिण कोरियामा एकैदिनमा एक लाख १० हजार सङ्क्रमित


दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् ।

त्यहाँका सरकारी अधिकारीहरूले शनिबार जनाएअनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।

एक हप्ताअगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका र अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको सिन्ह्वाले जनाएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।