नेपाली काङ्ग्रेसको ६५ वर्षो यात्रा-वृत्तान्त

नेपाली काङ्ग्रेसको ६५ वर्षो यात्रा-वृत्तान्त


-शिवजी श्रेष्ठ
वि.सं. १९९७ साल माघ महिनामा घटित प्रजापरिषद् काण्ड ? सहिद पर्व) पश्चात् नेपालमा राणाविरोधी गतिविधि लगभग शून्यमा झरिसकेको थियो भने भारतमा रहेका नेपालीमा यस्ता गतिविधि बढ्दो थियो । तर, राणा सरकार र ब्रिटिस भारत सरकारको मिलोमतोमा झुटा मुद्दा लगाई ‘नेपाल षड्यन्त्र’ भन्ने नाम मुद्दा चलाई त्यसमा संलग्न भनी कवि धरणीधर कोइराला, इतिहासकार सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, सिक्किमका वकिल हरिप्रसाद प्रधान (पहिलो नेपालका प्रधानन्यायाधीश), गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, तीर्थ नेपाललगायतलाई भारतको जेलमा थुनिएको थियो । यी र यस्तै कारणले गर्दा राजनीतिक रूपमा जागरुक नेपालीले के बुझिसकेका थिए भने राणाशासनको जग भनेकै ब्रिटिसहरू हुन्, जबसम्म छिमेकी भारतमा ब्रिटिस उपनिवेश रहन्छ, तबसम्म नेपालमा राणशासनलाई हल्लाउन पनि सकिँदैन ।
भारतमा अङ्गे्रजको उपनिवेशविरुद्ध सशक्त आन्दोलन र सशस्त्र सङ्घर्ष पनि भइरहेको थियो, त्यसमा धेरै नेपाली सहभागी थिए । कोही आजाद हिन्द फौजको नाममा त कोही कुनै राजनीतिक पार्टीमार्फत । कति जागरुक नेपाली युवाहरू भारतीय राजनीतिक पार्टीका प्रभावशाली पदमा पनि पुगिसकेका थिए । मातृकाप्रसाद कोइराला भारतीय राष्ट्रिय काङ्ग्रेसको पटना जिल्ला अध्यक्ष (पछि बिहार राज्यकै कामु महासचिव) भइसकेका थिए भने, बीपी कोइराला काङ्ग्रेस समाजवादी दलका संस्थापक सदस्य थिए । भारतीय काङ्ग्रेस समाजवादी दल सन् १९३४ मा बीपी कोइरालासहित जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, आचार्य नरेन्द्र देव, अशोक मेहतालगायतले गठन गरेका थिए भने मातृकाप्रसाद कोइराला, बीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतका नेताहरू सन् १९४२ को ‘भारत छोड’ आन्दोलनमा जेलसमेत ? हजारीबाग) बसिसकेका थिए ।
जसै भारत स्वतन्त्रताको तयारी हुन थाल्यो, राणशासनको जग हल्लिएको महसुस गर्दै सन् १९४६ अक्टोबर ४ तारिखका दिन नेपालको राणाशासन समाप्त पारी प्रजातन्त्रको स्थापना गर्ने उपयुक्त मौका आइसकेको छ भनेर पटनाबाट बीपी कोइरालाले नेपालका जागरुक नेपालीलाई एकजुट भई सङ्घर्ष गर्नका लागि आह्वान गरेको वक्तव्य पटनाको ‘र्सच लाइट’ र कलकत्ताको प्रसिद्ध अङ्गे्रजी दैनिक ‘अमृत बजार’ (इश्वर बरालमार्फत) प्रकाशित भयो । जुन आह्वानले निष्त्रिmय एवम् शान्त तलाउको रूपमा रहेको नेपाली राजनीतिक अङ्कुशको निराश पङ्क्तिबीचमा तरङ्ग ल्याइदियो । सो आह्वानपश्चात् भारतमा रहेका नेपाली सचेत व्यक्तित्वबीचमा सरगर्मी बढ्न गयो । बीपीले भारतका विभिन्न भागमा बसेका नेपाली र प्रवासी नेपालीसँग विचार-विमर्शका लागि देश दौडाहा नै चलाए । यहीबीच प्रजापरिषद् काण्डमा आजीवन काराबासको सजाय पाएर काठमाडौं सदर जेलमा रहँदा जेलबाट भागी फरार भएका गणेशमान सिंह (उर्फकृष्णबहादुर प्रधान) र बीपीको भेट भयो, जसले यस अभियानलाई अर्कै उचाइमा पुर्‍याइदियो ।
त्यसैगरी कलकत्ताको हिन्दू मुस्लिम साम्प्रदायिक दंगापीडित नेपाली परिवारको राहत कार्यमा सक्रिय भई सामाजिक रूपमा स्थापित व्यक्तित्वहरू डीबी परियार, डीएन प्रधान, डीके शाही ? ०४८ सालका राष्ट्रिय सभाका उपाध्यक्ष) तथा रुद्रप्रसाद गिरी, रामहरि जोशी, जयनारायण गिरीलगायत कालिङपोङमा रहेका गोर्खा लिग ? रणधीर सुब्बा जो पछि गोर्खा परिषद्का अध्यक्षसहित) का अध्यक्ष डम्बरसिंह गुरुङसँग समेत भेटघाट र छलफल गरे । उनीहरू पनि पार्टी गठनको क्रममा त थिए, तर त्यसको कार्य क्षेत्र र लक्ष्य नेपालभित्र नभएर प्रवासी नेपालीहरूको हित तर्फ मात्र केन्द्रित थियो । सँगसँगै बीपीले देहरादुन, भाक्सु, आसामलगायतका नेपालीहरूसँग रायसल्लाहपश्चात् बनारसमा उपस्थित सक्रिय नेपालीको बैठक बसी सुब्बा देवीप्रसाद सापकोटा ? जो तत्कालीन राणाको कोपभाजनमा परी देश निकाला भएका थिए) को अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय कङ्ग्रेसको तयारी समिति गठन (सन् १९४६ अक्टुबर) गरियो । सोही समितिले सन् १९४७ जनवरी २५ र २६ तारिखका दिन कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाको उद्घाटन समारोहको आयोजना गर्नेसमेत निर्णय गर्‍यो ।
सन् १९४७ जनवरी २५ तारिख कलकत्ताको खाल्सा हाइस्कुल, भवानीपुरमा अखिल भारतीय ‘नेपाली राष्ट्रिय काङ्ग्रेस तयारी समितिको तत्वावधानमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ उद्घाटन समारोह सम्पन्न भयो । नेपाल तथा भारतका प्रवासी नेपालीको डेढ सय प्रतिनिधिको सो अधिवेशनलाई तत्कालीन भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष श्री आचार्य कृपलानी, श्रीमती विजयालक्ष्मी पण्डित ? जवाहरलाल नेहरूकी बहिनी), डा. राममनोहर लोहिया, जयप्रकाश नारायणलगायतका भारतीय नेताहरूले शुभकामना सन्देश पठाएका थिए । कार्यालय सञ्चालन तथा सङ्गठन चलाउने निर्वासित जीवन बिताइरहेका महावीर रामशेरले आफू प्रत्यक्ष संलग्न पनि भारु पच्चीस हजार सहयोग गरेका थिए ? जो पछि नेपाल प्रजातन्त्र काङ्ग्रेसको संस्थापक नेता भए) ।
यसरी सन् १०४७ जनवरी २६ ? ठीक आजभन्दा ६५ वर्षअगाडि मुख्य दुईवटा घोषित उद्देश्यका साथ नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन गर्दै अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस, तयारी समिति विघटन गरियो । नेपाली रष्ट्रिय काङ्ग्रेसको मुख्य दुईवटा उद्देश्यहरू ? १) नेपालमा राजाको वैधानिक अधिनायकत्वमा उत्तरदायी सरकारको स्थापना गर्ने, ? २) भारतको स्वतन्त्रता सङ्ग्राममा पनि सहयोग पुर्‍याउने ? भारतमा ब्रिटिसको नियन्त्रण रहेसम्म नेपालमा पनि राणाशासन रहिरहने सम्भावनालाई लिएर दोस्रो उद्देश्य राखिएको थियो) ।
नेपाली राष्ट्रिय काङ्ग्रेसको झण्डा सबैभन्दा माथि सेतो, बीचमा हरियो रंग र सबैभन्दा तल पहेँलो रंग र बीचमा आधा उदाउन लागेको सूर्य थियो । जसको अर्थ माथिल्लो सेतो रंगले हिमाली भेग, बीचको हरियो रंगले पहाडी भेग र तलको पहिलो
-धान) रंगले तराई भेग जनाउँथ्यो भने बीचमा उदाउन लागेको सूर्यले नेपालमा प्रजातन्त्रको बिहानीको प्रतीत जनाउँथ्यो ।
साथै बाह्र सक्रिय कार्यसमितिको गठन गरिएको सो समितिको सभापति काठमाडौं सदर जेलमा बन्दी रहेका प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्य ? गणेशमानजीको प्रस्तावमा) लाई सर्वसम्मतिले निर्वाचित गरिएको थियो । तर, उहाँ जेलमा रहेको हुँदा उहाँको अनुपस्थितिमा स्थानापन्न सभापतिको रूपमा विश्वेश्वरप्रसाद कोइरालालाई चुनियो भने, महामन्त्री बलाचन्द्र शर्मा, प्रचारमन्त्री डिल्लीरमण रेग्मी, कोषाध्यक्ष नरेन्द्र रेग्मी, सदस्यहरूमा कृष्णबहादुर प्रधान (गणेशमान सिंह), डीपी परियार, डीएन प्रधान, लाक्पा छिरिङ शेर्पा, गोपालप्रसाद उपाध्याय ? भट्टराई) रुद्रप्रसाद गिरी, कृष्णप्रसाद उपाध्याय (भट्टराई, ऊ किशुनजी) थिए भने कार्यालय सचिवको रूपमा पुष्पलाल श्रेष्ठ ? पछि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक) थिए । यसरी सन् १९४७ जनवरी २६ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनार्थ भेलामा सहभागीमध्ये सायद अब रामहरि जोशी मात्र जीवित होलान् ।
यसरी प्रमुखत: नेपालको जहानियाँ राणाशासन हर्टाई उत्तर हामी सरकार स्थापना गर्ने उद्देश्यका साथ गठित नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भएको छोटो अवधिमै अर्थात सन् १९४७ मार्च ४ तारिखमा नै विराटनगर जुट मिलमा मजदुर हड्ताल सङ्घर्षमा उत्रिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेको नेपाली राष्ट्रिय कङ्ग्रेस तीन वर्षपछि नेपाल प्रजातन्त्र काङ्ग्रेससँग एकीकरण भई नेपाली काङ्ग्रेसको रूपमा न्वारान हुन पुग्यो भने आफनो झण्डा पनि बदलिई नेपाल प्रजातन्त्र काङ्ग्रेसको चारतारे झण्डालाई आत्मसात् गर्न पुग्यो, जो यथावत् छँदै छ ।
सोही नाम र झण्डामा अनवरत रहेको नेपाली काङ्ग्रेसले राजनीतिक रूपमा धेरै आरोह-अवरोध भोग्यो, देख्यो, जुन उद्देश्यले स्थापित भएको थियो, त्यो छोटो अवधिमै हासिल गरेको नेपाली कङ्ग्रेसले तीनवटा क्रान्ति तथा जनआन्दोलनको सफल नेतृत्व पनि गर्‍यो भने लामो समय प्रतिबन्धितसमेत रहनुपर्‍यो । वि.सं. २०१२ को वीरगन्ज महाधिवेशनबाट समाजवादलाई आत्मसात् गरेको नेपाली काङ्ग्रेसले ०६४ असोज ६, ७, ८ को महासमिति बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो राजनीतिक यात्रा तय गर्‍यो । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रबाट सुरु भएको नेपाली काङ्ग्रेसको यात्रा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा माध्यमको रूपमा सशस्त्र क्रान्ति, भद्रअवज्ञा अर्थात सत्याग्रह, जनआन्दोलन, राष्ट्रिय मेलमिलापलगायतका बाटो हुँदै नेपाली राजनीतिक आकाशमा सशक्त र अनवरत यात्रा अविरल छ ।
(सन्दर्भ :नेपाली काङ्ग्रेसको ६५औँ स्थापना दिवस)