(सम्पादकलाई पत्र)
पर्दापछाडि रहेका केही व्यक्तिहरूले यस संस्थाको काममा दखल दिँदै आएको, झुटा इमेलहरूबाट गलत समाचार बनाइ यस संस्था र संस्थामा आबद्ध कर्मचारीहरूलाई पूर्वग्राही ढङ्गले सामाजिक सञ्जालमा दुष्प्रचार गरिँदै आएको जानकारी गराउदँछौँ ।
सम्पादकज्यू, गत साउन २५ गते यस घटना र विचार साप्ताहिक पत्रिकामा प्रकाशित ‘युवाहरू खुलेआम ठगिँदा के हेर्छ वैदेशिक रोजगार विभाग ?’ शीर्षकको समाचारबाट यस एड्भान्स म्यानेजमेण्ट कन्स्लटेन्स प्रा.लि.को गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रस्तुत विषयमा मलेसियास्थित Lot No# 267645 Q PLAs\ SDn\ BHd\ कम्पनीबाट १०० जना नेपाली पुरुष कामदारको माग भइ मिति २०२२/०७/२० मा वैदेशिक रोजगार विभागबाट पूर्वस्विकृति प्राप्त गरेको र यस कम्पनीमा जानका निम्ति शून्यलागतमा जान सक्ने जानकारी गराउदछौँ । यसै पूर्वस्विकृति प्राप्तिपश्चात मिति २०२२/०७/२१ का दिन मध्यान्ह राष्ट्रिय दैनिकमा विज्ञापनसमेत प्रकाशन गरेको जानकारी गराउदछौँ ।
यस प्रक्रियामा श्रमिकसँग कुनै पनि रकम यस एड्भान्स म्यानेजमेण्ट कन्सलटेन्स प्रा.लि.द्वारा नअसुलिएको र भविष्यमा पनि कुनै रकम नअसुल्ने व्यहोरा जानकारी गराउँदछौँ । हाल Q PLAs\ SDn\ BHd\ कम्पनीका प्रतिनीधिद्वारा अन्तरवार्ता लिइ बहत्तर जना कामदार छनौट गरेको र उक्त छनौट भएका कामदारहरूको कलिङ भिषा आउने प्रक्रियामा रहेको हुनाले कोभिड-१९ को भ्याक्सिन प्राप्त गरेको QR-CODe हाल आवश्यक नपर्ने हुँदा कामदारहरूसँग कोभिड-१९ को भ्याक्सिन प्राप्त गरेको QR-CODe बनाउन कुनै पनि शुल्क असुल नगरेको समेत जानकारी गराउँदछौँ । उक्त कोभिड-१९ को भ्याक्सिन प्राप्त गरेको QR-CODe कम्पनीबाट कलिङ भिषा प्राप्तिपश्चात्त मलेसिया भिषा सेन्टरमा भिषा स्टयाम्पिङ गर्ने क्रममा आवश्यक पर्ने हुँदा यस संस्थाले कामदारहरूसँग कोभिड-१९ को भ्याक्सिन प्राप्त गरेको QR-CODe माग गर्ने व्यहोरा जानकारी गराउँदछौँ ।
मलेसिया जाने मेडिकल (BIOMETRIC) शुल्कको सन्दर्भमा मलेसियाको बायोमेट्रिक मेडिकल गर्न जम्मा रु. ८६६५/- रकम लाग्ने र उक्त रकम मेनपावरले नभइ मेडिकल संस्थाले लिने गरेको कुरा सर्वविदित छ । यस कम्पनीमा जाने कामदारहरूको मलेसिया कम्पनीमा पुगेपश्चात्त नै कम्पनीद्वारा कामदारलाई फिर्ता हुनेसमेत जानकारी गराउँदछौँ ।
साथै, यस संस्था नेपाल सरकारको वैदेशिक रोजगारका नीति-नियमहरूको दायरामा रही नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगार प्रदान गर्दै आएका छौँ । यसै क्रममा पर्दापछाडि रहेका केही व्यक्तिहरूले यस संस्थाको काममा दखल दिँदै आएको जानकारी गराउन चाहन्छौँ । यस सन्दर्भमा झुटा इमेलहरूबाट गलत समाचार बनाइ यस संस्था र संस्थामा आबद्ध कर्मचारीहरूलाई पूर्वग्राही ढङ्गले सामाजिक सञ्जालमा दुष्प्रचार गरिँदै आएको जानकारी गराउदँछौँ ।
प्रतिक्रिया