स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणापत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजबाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।
प्रतिक्रिया