नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकमाझ विभिन्न प्रकारका सेवा-सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरूलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उपनिर्देशक दीपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा क्याबिन (डिलक्स) मा २५ प्रतिशत, क्याबिन (साधारण) र होल बडी चेकअपमा २० प्रतिशत, operation charge (O.T) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance मा १० प्रतिशत र pathology and pharmacy (medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुने जनाइएको छ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।
प्रतिक्रिया