२४ घन्टामा विपद्का एघार घटना, चार जनाको निधन

२४ घन्टामा विपद्का एघार घटना, चार जनाको निधन


पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा एघार वटा विपद्का घटना हुँदा चार जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै चार घाइते भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेको २४ घन्टामा घटेका हुन् । यी सबै एघार घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।