पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।
नेकपा एस सुर्खेतले बुधबार सुर्खेतमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे । उनले भने ‘हाम्रासामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसैदिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्तिमाथि प्रहार भयो । र, पार्टीभित्र पटक पटक विद्रोह भयो ।’
विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको तर्क गरे ।
ुएकपछि अर्को पिँढी आउँछ तर विचार कहिल्यै पनि बुढो हुँदैन भन्दै उनले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिननहुने र आफूहरु अहिले नयाँ क्रान्तिमा आएको दाबी गरे ।
ु२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष्य बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेलसहितको पार्टी एकताको घोषणा गर्यो, यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाइको सरकारले न जनताको लागि काम गऱ्यो न त सर्वसाधारणको लागि । सबै समृद्धि त सपना मात्र भए, कृषिक्रान्ति गर्न वैज्ञानिक सेवा दिन सक्ने हो भने यो देशका लाखौँ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जाँदैनन तर त्यतिबेला केपी ओलीको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सके मात्र धेरै ठूलो उपलब्धि हुनेछु उनले भने ।
विगत सम्झदै नेता खनालले भने, ‘एउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाइको कम्युनिष्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आजको अवस्था आएको हो । जनताका सामु अनुहार देखाउन नसकिने स्थिति आएपछि हामीले यो विकल्प रोजेका हौँ’, उनले भने ।
आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसद्लाई बचाउनका निम्ति र विचारलाई बचाइराख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नुपर्ने उनलको भनाइ छ ।
प्रतिक्रिया