लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना यूकेको चौथो अधिवेशनको सहमतिअनुसार अध्यक्षमा चयन भएका हुन् । अधिवेशनमा ३ वर्षे कार्यकालयको लागि म्याग्दीको ताकमका उमेश राना र पौडेलबीच १८/१८ महिना नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । रानाको अध्यक्षतामा रहेका उपाध्यक्षहरुमा कमल बहादुर पुर्जा, दल जुग्जाली र शान्ता गौचन, महासचिवमा खिम शेरचन, कोषाध्यक्षमा किसन जीसी, सहकोषाध्यक्षमा गिरी थापा पौडेल अध्यक्षताको कार्यसमितिमा पनि रहनेछन् । यद्यपि केही नयाँ पदाधिकारी तथा सदस्यहरु भने थप हुने अध्यक्ष पौडेलले जानकारी दिए ।
सोही सहमतिअनुसार रानाको कार्यकाल सकिएपछि सेप्टेम्वर १ देखि पौडेल मोना यूकेको कार्यकारी अध्यक्ष बनेका हुन् । यसअघिका अध्यक्ष उमेश रानाले ईमेलमार्फत पौडेललाई आगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सहमतिअनुसार पौडेल अध्यक्षमा चयन भएपछि छिट्टै औपचारिक समारोह गरी नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको छ । चौथो अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरु भने यथावत रहने बताइएको छ । संस्थाले म्याग्दीको शिक्षा, स्वास्थ्य, लगायतका सामाजिक क्षेत्रमा ठूलो सहयोग पु-याउँदै आएको छ । अध्यक्ष रानाले आफ्नो कार्यकालमा समन्वयकारी भूमिका निर्वाह गरेकोमा धन्यबाद दि“दै पौडेलले आफ्नो कार्यकाललाई समेत समन्वयकारी बनाउने र ऐतिहासिक रुपमा सफल बनाउन सबै क्षेत्रबाट सहयोगको उपेक्षा गरेका छन् ।
प्रतिक्रिया