माओवादी अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको निर्वाचपछि सडक आन्दोलनमा जाने उद्घोष गरेका छन् । काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रद्वारा आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेका तर्क गरे र, त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएकोले आफ्नो पार्टी आन्दोलनमा उत्रने बताए ।
‘चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन’, प्रचण्डको भनाइ छ ।
वर्तमान प्रणालीलाई बदल्नु आवश्यक रहेको जिकर गर्दै उनले त्यसनिम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेको उनले बताए । अब एक वर्षभित्रमै ठूलै आन्दोलन हुने दाबी उनले गरे । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुलुकका लागि आवश्यक भएको उनले दोहोऱ्याए ।
प्रतिक्रिया