नेशनल लाइफ ललितपुर शाखाद्वारा अभिकर्ताहरू सम्मानित

नेशनल लाइफ ललितपुर शाखाद्वारा अभिकर्ताहरू सम्मानित


नेपालमा विमा क्षेत्रको अग्रणी संस्था नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ललितपुर शाखाले बिजनेसका विभिन्न विधामा लक्ष्य हासिल गर्ने सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

विजनेश लिडर्स मिट नाम दिइएको उक्त सम्मान कार्यक्रममा विभिन्न विधामा सफलता हासिल गर्नेहरुलाई सम्मानका साथ उपहार प्रदान गरिएको थियो ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनी ललितपुर शाखाका प्रमुख घनश्याम रिमालको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा शाखाका बजार प्रमुख सविन सिवाकोटीले कम्पनीको आगामी योजनाहरू प्रस्तुत गर्दै सुतेर लक्ष्य हासिल हुन नसक्ने र यसका लागि अनवरत रुपमा मिहनत आवश्यक रहेको बताए । उनले बिमा एक व्यवसाय मात्र नभइ सेवा पनि भएको जिकिर गरे ।

त्यस्तै ललितपुर शाखा प्रमुख घनश्याम रिमालले आफ्ना शाखाका सहयोगी हातहरूको निरन्तर मिहेनत र अथक प्रयासले अन्य शाखाको तुलनामा ललितपुर शाखालाई अग्रणी स्थानमा पुऱ्याउन सहयोग गर्नुहुने सबै अभिकर्ताप्रति आभार एवं धन्यवाद व्यक्त गरे ।

शाखाप्रमुख रिमालले विमा व्यवसायलाई व्यापक रुपमा अगाडि बढाउन सके यसको प्रभाव अझ बढ्ने र यसका लागि अभिकर्ताहरू चनाखो र प्रतिबद्ध हुनुपर्ने बताए । उनले विमा व्यवसायले लाखौँ अभिकर्ताहरूको सीप विकास गरेर समाजमा स्थापित गराउन समेत मद्दत पुऱ्याएको जानकारी दिए ।

कार्यक्रममा चेयरपर्सन क्लबको लक्ष्य हासिल गर्नुहुने एलिसा राना (क्रान्ति), घनश्याम सिवाकोटी, खिमाकुमारी शर्मा, हिरामाया श्रेष्ठ, इन्दिरा सापकोटा सुवेदी र बुद्धिप्रसाद गौतमलगायत २२ जनालाई सम्मान गरिएको थियो ।

त्यसैगरी ‘पारस खड्कासँग चन्द्रागिरी’ योजनाअन्तर्गत लक्ष्य प्राप्त गर्नु हुने बुद्धिप्रसाद गौतम, परिश्वर खनाल र सुष्मा प्रधानलाई सम्मान गरिएको थियो ।

विशेष रुपमा चेयर पर्सन क्लबमा आमन्त्रित शोभा न्यौपाने, जुगल शर्मा र सन्तोष मल्ललाई पनि सम्मानित गरिएको थियो भने तोकिएको समयभन्दा छिटै एमडिआरटि योग्यता पुऱ्याउने सफल हिरामाया श्रेष्ठ र बुद्धि गौतमलाई पनि सम्मान गरिएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा सबै भन्दा बढी पोलिसी संकलन गर्नेहरूमा प्रथम हुने पवित्रा ढुंगाना, द्वित्तिय स्थान हासिल गर्ने कृष्णप्रसाद महर्जन र तृतिय भएकी स्वरुपा सुवाल अनि समीक्षा अवधिमा सर्वोत्कृष्ट हुने बुद्धिप्रसाद गौतमलाई पनि शाखाद्वारा सम्मान गरिएको थियो ।

गत आर्थिक वर्षमा संजाल व्यापारतर्फ प्रथम हुने ठाकुरप्रसाद घिमिरे, दोस्रो हुने सुष्मा प्रधान र तेस्रो हुने लक्ष्मीदेवी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा व्यक्तिगततर्फ प्रथम पवित्रा ढुंगाना, द्वित्तीय हिरामाया श्रेष्ठ र तृतीय खिमा कुमारी शर्मालाई पनि सम्मान गरियो ।

यसै आर्थिक वर्षको भाद्र र आश्विनको स्किममा अग्रीम रुपमा ‘गोवा प्याकेज’ प्राप्त गर्न सफल हुने रोशन सिवाकोटी र महेश तुलाधरलाई पनि शाखाले सम्मान गरेको छ । उक्त कार्यक्रममा भैंसेपाटी शाखाका शाखाप्रमुख कृष्ण महर्जनको पनि उपस्थिति रहेको थियो ।