पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ र बलेफी गाउँपालिका-८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अबरुद्ध भएको छ ।

आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।