बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन


लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयाकाे आज स्कटल्याण्डकाे बालमाेरल महलमा ९६ वर्षकाे उमेरमा मृत्यु भएकाे छ । दुई अघि मात्र बेलायतकाे पन्ध्राै‌ प्रधानमन्त्रीकाे रुपमा लिज ट्रस्टलाई स्कटल्याण्डकाे साेही महलमा नियुक्ति गरेकी थिईन् । केही महिनादेखि सरकारी कार्यहरुलाई छाेरा चार्ल्सलाई हस्तान्तरण गरे आराम गर्न बालमाेरल महलमा रहँदै आएकी महारानीले जीवनकाे अन्तिम घडिमा पनि आफ्नाे सरकारी दायित्व निभाएकी थिइन् ।

१९२६ काे अप्रिल २१ मा लण्डनमा जन्मिएकी एलिजावेथ आफ्नाे ठूलाेबाबुले एक अमेरिकी विधवालाई विवाह गर्नकाे लागि राजगद्दी त्यागेपछि अचानकै बेलायतकाे राजगद्दीकाे सिँहासनमा आफ्ना बाबु बस्नु परेकाे थियाे र केही वर्षपछि बाबुकाे अचानक भएकाे देहान्तपछि साेही सिँहासनमा बस्न वाध्य भएकी थिइन् । एडमण्ड हिलारी र तेन्जिङ शेर्पाद्वारा सँसारकाे अग्लाे शिखर सगरमाथाकाे आराेहण‍‍‍; व्यावसायिक रुपमा पहिलाेपटक बेलायतमा टलिभिजनकाे प्रसारण; जेट एअरलाइनरकाे हवाइसेवाकाे शुरु॥ हाेभरक्राफ्टकाे यात्रा शुरु इङ्लिश च्यानलमा; इङ्ल्याण्डकाे फुटबल विश्व कप जीत; मानवकाे चन्द्रमामा अवतरण; पहिलाे माेटाेराेला माेबाइल फाेनकाे उत्पादन; चेर्नाेविल न्युक्लियर प्लान्टमा दूर्घटना; बर्लिन पर्खाल भत्काएर जर्मनीकाे एकीकरण भएकाे… आदि विविध घटना तथा उत्पत्तिकाे भुक्तभाेगी भएकी महारानी एलिजावेथले गत साल मात्रै आफ्नाे ७३ वर्षसम्म लगातार साथ दिन श्रीमान राजकुमार फिलिप्सलाई गुमाएकी थिईन् । जिन्दगीकाे हरेक दुःखसुखमा हरपल साथ दिने आफ्नाे जीवनसाथीकाे मृत्युपछि पनि आफूलाई पूर्णरुपमा सम्हालेर राजकीय कर्तव्य पालन गर्दै आएकी महारानीले आफ्नाे शासनकालमा ३२ वटा राज्यहरुलाई बेलायतकाे प्रत्यक्ष शासनबाट मुक्ति दिएकी थिईन् । बेलायतलगाएत अन्य १५ वटा देशहरु मिलेर बनेकाे कमनवेल्थ कन्ट्रीकाे कानूनी शीर्ष रहेकी महारानीले राष्ट्रकाे रुपमा अनि आफ्नै व्यक्तिगत रुपमा धेरै उतारचढाउहरु देखेकीछिन् । जीवनकाे अन्तिम घडीमा पनि आफ्नाे दायित्व निर्वाह गर्ने महारानीकाे मृत्यु खासगरी बेलायतमा ठूलाे क्षति भएकाे मानिएकाे छ । बेलायतमा दश दिनसम्म शाेक मनाइने भएकाे छ ।

राजसँस्था बेलायती समाजमा एकताकाे प्रतीक रहेकाे हाे मुख्य रुपमा महारानीकाे उपस्थितिमा र साथै बेलायती पर्यटनमा राजसँस्थाकाे गहन देन पक्कै रहेकाे हाे तर महारानीकाे देशवसानपछि राजकुमार चार्ल्स राजा चार्ल्स तेस्राे भएका छन् । युवाहरुकाे लागि प्रेरणाकाे श्राेतजस्तै रहेका राजकुमार ह्यारी श्रीमतीसँगै अमेरिका भासिएका छन् राजकीय पदबाट राजीनामा दिएर । डायनाकाे मृत्युपछि ह्यारीबाट राजकीय पदकाे त्याग गरी देश छाेडेकाे घटना आम जनताले नरुचाइएका घटनाहरु हुन्। साेकाे प्रभाव अनि रानीकाे देहवसानले अबका दिनमा बेलायतमा राजसँस्थाकाे गरिमा प्रसिद्धी अनि प्रभाव उस्तै नै रहलान् भनेर कल्पना गर्न नसकिने धारणा सतहिएका छन् ।