सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार


म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।

सुन चोरीको आरोपमा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको उनको भनाइ छ । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको बताइएको छ ।

‘शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ’, प्रहरीको भनाइ छ । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।