जम्मा पचास व्यापारीलाई खर्बौं ऋण, सीमित व्यापारीका हातमा सबै बैंक !

जम्मा पचास व्यापारीलाई खर्बौं ऋण, सीमित व्यापारीका हातमा सबै बैंक !


नेपालका बैंकहरूबाट उपलब्ध गराइएको मध्ये करिब चालिस प्रतिशत रकम जम्मा पचास व्यापारिक कमपनीले उपभोग गरिरहेको तथ्य फेला परेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालका बैंकहरूले कुल अठचालिस खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । अठचालिसमध्ये २४ खर्ब ऋण उद्योगमा लगानी भएको देखिन्छ । यति ठूलो रकम उद्योगमा लगानी भएको देखिए पनि त्यसले व्यापारघाटा न्यून गराउन, रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गराउन र नेपालीको प्रतिव्यक्ति आम्दानी बढाउन ठोस योगदान पुर्‍याएको अवस्था छैन ।

एउटै कम्पनीलाई पचपन्न अर्बभन्दा बढी रकम बैंकले ऋण दिएको पाइएको छ । त्यति ठूलो रकम ऋण दिन आवश्यक धितो लिएको देखिँदैन । सबैभन्दा बढी पचपन्न अर्ब सतचालिस करोड सोह्र लाख त्रिपन्न हजार पाँच सय दश रूपैयाँ ऋण पाउने कम्पनीमा जगदम्बा स्टिल प्रा.लि. रहेको छ । त्यसैगरी सिप्रदी ट्रेडिङ प्रा.लि.ले सैँतिस अर्ब चौरान्नब्बे करोड सात लाख चौरासी हजार सात सय अठसठ्ठी रुपैयाँ कर्जा सुविधा लिएको छ । एनसेल प्रालिले उनान्तिस अर्ब अठहत्तर करोड छैसठ्ठी लाख पन्चान्नब्बे हजार सात सय नौ रुपैयाँ र एलटी इन्टरप्राइजेज प्रा.लि.ले पच्चीस अर्ब छयान्नब्बे लाख चौसठ्ठी हजार ६ सय चवन्न रुपैयाँ ऋण लिएको देखिएको छ ।

त्यस्तै, युनाइटेड डिस्टीब्यूटर्स नेपाल प्रा.लि.ले रु. उन्नाइस अर्ब नौ करोड अन्ठान्नब्बे लाख चार सय नौ तथा सबैभन्दा कम ऋण पाउने सिङ्गटी हाइड्रो इनर्जी प्रा.लि.ले रु ६ अर्ब चौरासी करोड बाउन्न लाख छत्तीस हजार दुई सय हात पारेको छ । चौध अर्बभन्दा बढी ऋण पाउनेमा एनआईसी एशिया लघुवित्त र डाबर नेपाल प्रा.लि., तेह्र अर्बभन्दा बढी कर्जा हात पार्ने कम्पनीहरूमा एमएडब्यू इन्टरप्राइजेज प्रा.लि. हिम इलेक्ट्रोनिक्स प्रा.लि. घोराही सिमेण्ट इण्डस्ट्री, ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. र नेपाल शालिमार सिमेण्ट रहेका छन् । त्यसैगरी सम्राट सिमेण्ट कम्पनी, भाटभटेनी सुपर मार्केट र रुरल माइक्रो फाइनान्स डेभलपमेण्ट सेन्टर बाह्र अर्बभन्दा बढी कर्जा पाउने भाग्यमानी कम्पनी परेका छन् ।

त्यसैगरी, ११ अर्ब पाउने कम्पनीमा म्याट्रिक्स प्रा.लि, गणपति वनस्पति प्रा.लि., साना किसान विकास लघुवित्त लिमिटेड, सौर्य सिमेण्ट इण्डष्ट्रिज प्रा.लि., १० अर्ब पाउनेमा ऋद्धिसिद्धि सिमेण्ट प्रा.लि., स्याकार टे«डिङ प्रा.लि., होङ्सी शिवम् सिमेण्ट प्रा.लि., आरति स्ट्रीप्स प्रा.लि., स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि., ज्ञान इन्टरप्राइजेज रहेका छन् । त्यसैगरी, ९ अर्ब पाउनेमा अर्घाखाँची सिमेण्ट प्रा.लि., सिजी सिमेण्ट इण्डष्ट्रिज पाल्पा प्रा.लि., जगदम्बा इन्टरप्राइजेज प्रा.लि., राजेन्द्र निर्माण सेवा प्रा.लि., ८ अर्ब पाउनेमा गोयन्का स्टिल प्राइभेट लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था प्रा.लि., हंसराज हुलासचन्द प्रा.लि., ७ अर्ब पाउनेमा प्रिमियर वायर्स प्रा.लि, प्रोबायोटेक इन्डस्ट्रिज प्रा.लि., लक्ष्मी इन्टरनेशनल प्रा.लि., वागमति आयल इन्डस्ट्रिज, पाल्पा सिमेण्ट इन्डष्ट्रिज प्राइभेट लिमिटेड, नेपाल ओभरसिज ट्रेडिङ कन्र्सन प्रा.लि., सौरभ फुड प्रोडक्ट्स प्रा.लि., अशोक स्टिल इण्डष्ट्रिज प्रा.लि., अश्विन मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि., बतास ब्रदर्श प्रा.लि., जेनेरेसन नेक्स्टकम प्रा.लि., निर्धन उत्थान वित्तिय संस्था लिमिटेड, कान्छाराम कन्ट्रक्सन कम्पनी प्रा.लि., पञ्चकन्या स्टिल प्रा.लि, सौर्य नेपाल प्रा.लि., मारुति सिमेण्ट लिमिटेड र नेपाल जेनेरल मार्केटिङ प्रा.लि. रहेका छन् ।