आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वत: दर्ता : प्राधिकरण

आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वत: दर्ता : प्राधिकरण


नेपाल दुरसञ्चार प्राधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वत: एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ । ३० भदौपश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्ने अर्थात् एमडिएमएसमा तर्दा नभएका मोबाइल सेटले माम गर्ने छैनन् ।

यही कारण प्राधिकरणले ३० भदौपछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी)मा दर्ता भए/नभएको एकिन गर्न आग्रह गरेको छ ।

मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।