नेपाली कांग्रेस बीपी डडेल्धुराद्वारा उम्मेदवार सिफारिस

नेपाली कांग्रेस बीपी डडेल्धुराद्वारा उम्मेदवार सिफारिस


प्रतिनिधिसभा प्रत्यक्षमा कर्णबहादुर मल्ल

  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेस बीपी डडेल्धुराले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ निवर्तमान प्रदेश सांसद तथा पार्टीका केन्द्रिय वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई सिफारिस गरेको नेपाली कांग्रेस बीपी डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेस बीपी डडेल्धुराका जिल्लासभापति भरत नेपालीद्वारा हस्ताक्षर गरिएको सिफारिसपत्रका अनुसार प्रतिनिधिसभाको लागि प्रत्येक्ष उम्मेदवारको रुपमा नेपाली कांग्रेस बीपीका केन्द्रिय वरिष्ठ उपसभापति कर्णबहादुर मल्लको नाम सिफारिस गरेको छ ।

यसैगरी नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभा समानुपातिकतर्फ डडेल्धुराबाट १० जनाको नाम सिफारिस गरेको छ । जसमा ६ जना पुरुष तथा चार महिला रहेका छन् । सिफारिस गरिएका नाम क्रमशः गोपा थापा, कमला बिष्ट, डम्बरी ओली, तारिसिँह बोहरा, तिलक हमाल, लोकराज भट्ट, सुरेन्द्रबहादुर माली, पद्मा गुरुङ, बाजी लुहार र खडक कैनी प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका छन् ।

दुई प्रदेशसभा रहेको डडेल्धुरामा क्षेत्र (क) प्रत्यक्षमा गणेशप्रसाद जोशी र चक्रबहादुर साउँदलाई सिफारिस गरिएको छ भने प्रदेशसभा क्षेत्र (ख) का लागि हरिप्रसाद भट्ट र करुणाकर भट्टको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रदेशसभा समानुपातिकतर्फ करुणाकर भट्ट, भरतबहादुर नेपाली, नारुदेवी ओझा, शान्ति जैशी, देवकी पन्त, मानबहादुर बुढामगर, नरबहादुर ठकुराठी, डम्बर सिँह बिष्ट, पदमसिँह खाती, शेरबहादुर चाड र जयबहादुर ऐरको नाम सिफारिस गरिएको नेपाली कांग्रेस बीपीले जनाएको छ ।