ठगी कर्मलाई संरक्षण किन ?

ठगी कर्मलाई संरक्षण किन ?


हाम्रा सम्मानीय प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रधानमन्त्री पद बचाउन सरकार गिर्ने डरले सहकारी–ठगी गर्ने पात्रका रूपमा सबैले अनुमान गरिसकेको व्यक्तिलाई गृहमन्त्री नै दिनुपर्ने र, गृह मन्त्रालय नै चाहिने रवि लामिछानेको उद्देश्य सहकारी ठगीको आरोपबाट बच्न/बचाउन रहेछ भन्ने अब सबैलाई थाहा भइसकेको छ ।

रविलाई गृह मन्त्रालय नदिँदा सरकार ढल्ने डरले हजारौँ नेपालीको रकम ठगी गर्नेलाई बचाउन स्वयम् प्रधानमन्त्री र गठबन्धनका अर्का शीर्ष नेता केपीबाट सफाइ दिँदैछन् । यदि रविबाट ठगी नभएको भए संसदीय छानवीन समिति गठन गर्न किन डराउने ?

प्रधानन्त्री र नेता केपीले निजलाई किन सफाइ दिँदैछन् । रास्वपा अध्यक्ष लामिछानेले यस्तै गर्दै गए २०८४ को आम निर्वाचनमा चितवनबाट हार्ने निश्चित नै छ । आफ्नो स्वार्थ सिद्धि गर्न हजारौँ मानिसको रकम ठगी गर्नेलाई किन बचाउने ?

केपी ओली त जताततै दाउपेच गर्न सिपालु व्यक्तित्व भएकाले प्रधानमन्त्री प्रचण्डलाई चितवनबाट गिराइ कतै निर्वाचन क्षेत्र नै नपाउने गरी भित्री षडयन्त्र गरी प्रचण्डलाई बदनाम गराउन लागेका पनि हुन सक्छन् भन्ने आम मानिसमा भ्रम पर्न थालिसकेको कुरा सामाजिक संजालमा आउन थालिसकेको छ ।