संविधान दिवसमा भीमफेदी कारागारका २३ कैदीबन्दीलाई माफी

संविधान दिवसमा भीमफेदी कारागारका २३ कैदीबन्दीलाई माफी


संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरी माफी दिइएको छ । सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिनुभएको छ ।

कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचारण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी कारागारका शाखा अधिकृत मदन लामा थिङले बताउनुभयो ।

तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुक्तान गरिसकेका असल आचरण भएका नौ जना गरी २५ जनाको कारागारबाट सिफारिस भएकोमा २३ जना कैदी छुट्ने पत्र आएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा असल आचारण भएका र कैद भुक्तान पूरा हुन् केही समय वाँकी रहेका दुई जनालाई आम माफी दिनु भएकाले आजदेखि लागू हुनेगरी आम माफी दिइएको सो कारागारले जनाएको छ ।