काँध अर्कैको, बन्दुक मारवाडीको !

काँध अर्कैको, बन्दुक मारवाडीको !


सबैभन्दा बढी ऋण (पचपन्न अर्ब, सतचालिस करोड, सोह्र लाख त्रिपन्न हजार पाँच सय दश रुपैयाँ) लिनेमा जगदम्बा स्टिल प्रा.लि. रहेको छ र उक्त कम्पनीका मालिक शङ्कर अग्रवाल हुन् । निजको नेपालमा रहेको कुल सम्पत्ति तीस अर्बभन्दा माथिको नरहेको बताइन्छ । कहाँको कुन सम्पत्ति धितो राखेर निजलाई पचपन्न अर्ब ऋण दिइएको हो रहस्यको विषय बनेको छ ।


देशमा रहेका सत्ताइस वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल अठचालिस खर्ब कर्जामध्ये करिव चालिस प्रतिशत रकम पचास ब्यापारीलाई उपलब्ध गराइएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । कर्जा सुविधा प्राप्त गर्ने अधिकाङ्श कम्पनीहरू मारवाडी व्यापारीकै स्वामित्वको भएको पाइएको छ । २०४७ सालयता नेपालको अर्थतन्त्र मारवाडी ब्यापारीको हातमा गएको छ, त्यसअघिका स्थापित र पुराना उद्यमी व्यवसायीहरू मारवाडीसँग प्रतिष्पर्धा गर्न नखोजेर निकै पछाडि पर्दै गएका छन् ।

निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये नविल, एनआइसी एशिया, एनएमवी, मेगा, सिद्धार्थ, माछापुच्छ्रे, एनसीसी, सिटिजन, लक्ष्मी, कुमारी, सनराइज, सेन्चुरी, बीओके र सिभिल बैंकको मूल स्वामित्व मारवाडी समुदायका व्यक्तिहरूकै रहेको छ र, मारवाडीहरूले बैंकबाट अर्बौं ऋण लिएर उद्योग खोल्ने, वीमा कम्पनी खोलेर आफैंले आफ्नो उद्योग या स्टोरमा आगो लगाउने र, आफ्नै वीमा कम्पनीबाट नगद असुल्नेसम्मका काम गर्दै आएका छन् ।

बैंकिङ तथा वीमा कम्पनीहरूमा लगानी आफ्नो भए पनि भिन्न मूलका नेपालीलाई बैंकको सिइओ बनाएर मारवाडीहरूले काम लिने गरेका छन् । यतिबेला नविल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, ग्लोबल बैंकमा रत्नराज बज्राचार्य, राष्ट्रिय वाणिज्य बैंकमा किरणकुमार श्रेष्ठ, इन्भेस्टमेण्ट बैंकमा ज्योतिप्रकाश पाण्डे, एनआइसी एशियामा रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकमा सुदेश खालिङ, हिमालयन बैंकमा अशोक राणा, कृषि विकास बैंकमा अनिलकुमार उपाध्याय, प्राइम बैंकमा नारायणदास मानन्धर, नेपाल बैंकमा कृष्ण अधिकारी, एनएमबी बैंकमा सुनिल केसी, स्टयाण्डर्ड चार्टर्ड बैंकमा अनिर्वाण घोष, सानिमा बैंकमा निश्चलराज पाण्डे, प्रभु बैंकमा अशोक शेरचन, मेगा बैंकमा अनुपमा खुजेली, एसबीआई बैंकमा दीपककुमार डे, सिद्धाथ बैंकमा सुन्दर कँडेल, माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला, एनसीसी बैंकमा रमेशराज अर्याल, सिभिल बैंकमा सुनिल पोखरेल, बैंक अफ काठमाण्डुमा श्रवणलाल मास्के, सेञ्चुरी बैंकमा मनोज न्यौपाने, सनराइज बैंकमा सुमन शर्मा, कुमारी बैंकमा रामचन्द्र खनाल, लक्ष्मी बैंकमा अजयविक्रम शाहले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

कुनै पनि बैंकमा मारवाडी आफैंले कार्यकारी प्रखुखको भूमिका निर्वाह गरिरहेका छैनन् । अर्काको काँधमा बन्दुक राखेर पड्काउन खप्पीस मारबाडीहरूमाथि नेपालमा आर्जित रकम विदेशमा पुऱ्याएर थन्क्याउने गरेको आरोप छ र, यो आरोप गलत पनि मानिँदैन । करछली र अवैध ब्यापारिक एवम् आर्थिक कारोबारमा पनि मारवाडी व्यापारीहरूकै नाम आउने गर्दछ । सबैभन्दा बढी ऋण (पचपन्न अर्ब, सतचालिस करोड, सोह्र लाख त्रिपन्न हजार पाँच सय दश रुपैयाँ) लिनेमा जगदम्बा स्टिल प्रा.लि. रहेको छ र उक्त कम्पनीका मालिक शङ्कर अग्रवाल हुन् । निजको नेपालमा रहेको कुल सम्पत्ति तीस अर्बभन्दा माथिको नरहेको बताइन्छ । कहाँको कुन सम्पत्ति धितो राखेर निजलाई पचपन्न अर्ब ऋण दिइएको हो रहस्यको विषय बनेको छ ।