नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ९६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २९ कम्पनीको २५ लाख ४२ हजार आठ सय ९९ कित्ता शेयर रु ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ४२ अर्ब २७ करोड ६० लाख ७२ हजार नौ सय ६६ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ५८ लाख ६८ हजार सात सय ६१ बराबरको कारोबार भयो । बोटलर्स नेपाल तराई रु दुई करोड ४१ लाख ४९ हजार छ सय ४४, अपिपावर कम्पनी रु एक करोड ६१ लाख ४३ हजार तीन सय १८, रिडी हाइड्रोपावर रु एक करोड ५७ लाख ९६ हजार तीन सय ९८ र अरुण काबेली पावर रु एक करोड ५३ लाख २५ हजार एक सय ३२ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बिहीबारको कारोबारमा सामालिङ पावर नौ दशमलव ९८, लक्ष्मी इक्विटी फण्ड चार दशमलव ४२, लक्ष्मी उन्नति कोष तीन दशमलव ९०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ८८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् ।

यस्तै, प्रभु बैंकको ऋणपत्र नौ दशमलव ९३, गरिमा विकास बैंकको ऋणपत्र नौ दशमलव ९०, सेञ्चुरी बैंकको ऋणपत्र पाँच दशमलव ८६, विन्दबासिनी हाइड्रोपावर पाँच दशमलव २६ र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।