स्याउ बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु

स्याउ बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु


  • तस्बिर रासस

जुम्लाको हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् । उनका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रकचालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ भने सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रनाउ चन्दले जानकारी दिए ।