बेलायतमा अब बेनिफिट स्मार्टकार्ड

बेलायतमा अब बेनिफिट स्मार्टकार्ड


IMG_1406बोर्डन, बेलायत । बेलायत सरकारले, सरकारको तर्फबाट दिइने बिभिन्न किसिमको भत्ताहरु दुरुपयोग नहोस् भनेर स्मार्ट कार्डलाई प्रयोगमा ल्याउन लागेको छ । सरकारको अनुसार यसबाट यस्ता भत्ताहरु जुवा रक्सी चुरोट जस्ता बिभन्न गलत चिजहरुमा प्रयोग गर्नबाट रोक्नेछ । यस किसिमका प्रिपेड कार्डबाट रकम निकाल्न सकिने छैन । साथै यस कार्डबाट उनीहरुले के खरिद गरेको छ भन्ने जानकारी पनि हुनेछ । यदि यस कार्डको गलत प्रयोग गरेको खण्डमा अटोमेटिकली कार्ड बन्द हुनेछ ।

वर्क एण्ड पेन्शन सेक्रेटरी अइयन डुनकान स्मिथका अनुसार यो कार्ड परिक्षणको लागि आउँदो बर्षबाट प्रचलनमा ल्याईनेछ । …’हामी यो कुरा बिश्वस्त हुन चाहन्छौं यस किसिमका भत्ताहरु दैनिक आवश्यकताहरुमा खर्च होस्, सही तरिकाले उनीहरु र उनीहरुका बच्चाहरुमा खर्च होस्, नाकि जुवा रक्सी चुरोट जस्ता चिजहरुमा । कतिपय अभिभावकहरु कुलतमा फँसेका छन् र उनीहरु रक्सी र नशालु पदार्थमा यस्ता भत्ताहरु खर्च गरिरहेका छन् । हामी उनीहरुलाई यस्ता कूलतबाट निकाल्न चाहन्छौं साथै हामी यसमा पनि सजक छौं कि उनीहरु र उनका बालबच्चाको न्युनतम आवश्यकताहरु पूरा होस् । यस्ता भत्ताहरुले उनीहरुको जीवनलाई जिउन सहयोग गरोस् नकि गलत चिजहरुमा प्रयोग होस् ।’