- मुकेशकुमार यादव, सिरहा
सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहले सोमबार चोहर्वामा कार्यक्रम गरी पार्टीबाट सामुहिक राजीनामा दिएको हो ।
जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भैरहेकोले सामुहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने- ‘जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकोले आफुहरु बाध्य भएर राजीनामा गर्नुपरेको हो ।’
विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको भन्दै उनले दुःख व्यक्त गरे ।
मधेसवादीको स्थापना भएको बेला विभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डाहरु छोडेर जान थालेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोजकुमार सिंहले बताए । जिल्लाभरिका १७ वटै स्थानीय तहका हजारौँ कार्यकर्ताहरुले पार्टी परित्याग गरेको उनको भनाइ छ ।
जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन् ।
सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न. ३ (क) बाट प्रदेशसभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहेको थियो । सिंहलाई ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ (क) को लागि टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।
प्रतिक्रिया