चीननिकटका नेताको सफाया !

चीननिकटका नेताको सफाया !


माओको नाममा नेपालमा राजनीति गर्दै आएका नेकपा माओवादी केन्द्रको नेतृत्व चीननिकट भनेर चिनिएका नेताहरूलाई पार्टीबाट बढार्न कटिबद्ध देखिएको छ। पश्चिमी योजना र इच्छाअनुरुप एमसीसी अनुमोदन गराउन सफल माओवादी अध्यक्ष प्रचण्ड एसपीपी सम्झौता कार्यान्वयनमा ल्याउन नसकेपनि पार्टीबाट चीननिकट भनेर चिनिएका नेताहरूलाई बढारेर पश्चिमालाई खुशी तुल्याउन लागिपर्नुभएको सङ्केत देखिएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रचण्डले समानुपातिकको बन्द सुचिबाट अचानक हटाइदिनुभएको छ । महरालाई दाङबाट उम्मेदवार पनि नबनाइने बुझिएको छ।

त्यस्तै चीननिकट भनी चिनिएका अर्का नेता अग्नि सापकोटालाई पनि प्रतिनिधिसभामा प्रवेश निषेध गरिने भएको छ। सापकोटानिकट सूत्रले जनाएअनुसार प्रचण्डले उनलाई पनि उम्मेदवार नबनाइने जानकारी गराएका छन् । ज्ञातब्य छ, सापकोटा सिन्धुपाल्चोकबाट गत निर्वाचनमा विजयी भएर प्रतिनिधिसभा सदस्य बनेका थिए ।

प्राप्त जानकारीअनुसार महरा र सापकोटालाई प्रतिनिधिसभामा जानबाट रोक्न प्रचण्डलाई पश्चिमा शक्तिले अप्रत्यक्ष दबाब दिएको थियो । प्रतिनिधिसभालाई चिनियाँ प्रभावबाट मूक्त गर्न उनिहरूले दलका मूल नेतामाथि दबाब पैदा गर्दै आएका छन् ।