एमालेले डडेल्धुरामा बीपी कांग्रेसलाई सघाउने, भीम रावलको स्थानमा झपट बोहोरा उम्मेदवार !

एमालेले डडेल्धुरामा बीपी कांग्रेसलाई सघाउने, भीम रावलको स्थानमा झपट बोहोरा उम्मेदवार !


नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।

नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुचीअनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।

उता, एमालेले अछाम–१ का लागि भीम रावललाई टिकट नदिइ सो क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ । सुदुरपश्चिम सरकारबाट राजीनामा दिएर एमालेमा बसेका रावलले टिकट पाएसँगै अछामको राजनीतिमा तरङ्ग पैदा भएको छ ।

यी हुन् सुदुरपश्चिम प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभाका एमाले उम्मेदवार :

बाजुरा

प्रतिनिधिसभा– कर्णबहादुर थापा
प्रदेशसभा– लालबहादुर थापा र बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा– ऐन महर
प्रदेशसभा– अफिलाल ओखेडा र एलबी रावल

दार्चुला

प्रतिनिधिसभा– गणेश ठगुन्ना
प्रदेशसभा– हर्देब जोशी र रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा– सुरेन्द्र पाल र लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा– कांग्रेस बीपी
प्रदेशसभा– पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा– गौरी ओली
प्रदेश सभा– चक्र मल्ल र टेकबहादुर बम

अछाम १

प्रतिनिधिसभा– झपट बोहोरा
प्रदेशसभा– कृष्णप्रसाद जैशी र देवबहादुर कुँवर

अछाम २

प्रतिनिधि(सभा– यज्ञ बोगटी
प्रदेश सभा– भीम विष्ट र शिव उपाध्याय

कञ्चनपुर १

प्रतिनिधिसभा तारा लामा
प्रदेशसभा– पल्लबराज भट्ट र वीरबहादुर थापा

कञ्चनपुर २

प्रतिनिधिसभा– नरबहादुर धामी
प्रदेशसभा– कृपाराम राना र बचन सिंह

कञ्चनपुर ३

प्रतिनिधिसभा– नीरुदेवी पाल
प्रदेशसभा– सुरेन्द्र विष्ट र अर्कोमा तालमेल गर्ने

कैलाली १

प्रतिनिधिसभा– टपेन्द्र रावल
प्रदेशसभा– द्वारिका न्यौपाने र अर्कोमा तालमेल गर्ने

कैलाली २

प्रतिनिधिसभा– झपट रावल
प्रदेशसभा– कमला वली र डेजी पाण्डे

कैलाली ३

प्रतिनिधिसभा– गौरीशंकर चौधरी
प्रदेशसभा– जयनारायण जोशी र अर्कोमा तालमेल गर्ने

कैलाली ४

प्रतिनिधिसभभा– लेखराज भट्ट
प्रदेशसभा– भीमबहादुर देउवा र हरिसिंह साउद

कैलाली ५

प्रतिनिधिसभा– नारदमुनि राना
प्रदेशसभा– यज्ञ बास्तोला र दुर्गा जोशी