चर्चित गायक तथा संगीतकार मुरलीधर सिरहा-२ बाट राप्रपाका उम्मेदवार

चर्चित गायक तथा संगीतकार मुरलीधर सिरहा-२ बाट राप्रपाका उम्मेदवार


गायक तथा संगीतकार मुरलीधरलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएको छ ।

सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।

मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका व्यक्ति हुन् । उनी गायक तथा संगितकारका रुपमा लोकप्रिय व्यक्तित्व पनि हुन् ।

‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’ जस्ता दर्जनौँ चर्चित गीतमा स्वर भरेका मुरलीधर सिरहा–२ मा एकल उम्मेदवारी घोषणा गर्ने पहिलो ब्यक्ति हुन् । उनी चुनावी मैदानमा आएसँगै कांग्रेस, एमाले र मधेसकेन्द्रित नेताहरुले चासोको रुपमा हेरेका छन् ।