अन्ततः प्रचण्डले छोडे चितवन-३, गोरखा-२ बाट निर्वाचन लड्ने

अन्ततः प्रचण्डले छोडे चितवन-३, गोरखा-२ बाट निर्वाचन लड्ने


नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार साँझ अबेरसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुँदा सिरहा–५ बाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी उनी २०७९ को निर्वाचनमा भने गोरखा–२ बाट उम्मेदवार हुन लागेको हुन् ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरेलगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चार वटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर रेकर्ड बनाएका छन् ।