केपी ओलीले गरे उम्मेदवारी दर्ता

केपी ओलीले गरे उम्मेदवारी दर्ता


एमाले अध्यक्ष केपी ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।