बाँकेमा जिप दुर्घटना: चालकको मृत्यु, तीन जना घाइते

बाँकेमा जिप दुर्घटना: चालकको मृत्यु, तीन जना घाइते


बाँकेको राप्तीसोनारी गाँउपालिका-२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।

काठमाडौं आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।

घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।