चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ


शहीदनगर नगरपालिका-१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैझगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए ।

अजोधीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।