सुनकोशी-मरिन डाइभर्सन स्थलमा सुरुङ खन्ने कार्य सुरु

सुनकोशी-मरिन डाइभर्सन स्थलमा सुरुङ खन्ने कार्य सुरु


सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भएपछि त्यसको निरिक्षणमा उर्जामन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छन् । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी-मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छन् ।

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी सुरुङ आजबाट खन्न लागिएको हो । भेरी–बबई डाइभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।

सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।