देउवाको सम्मानमा लण्डन दूतावासमा दिवाभोज

देउवाको सम्मानमा लण्डन दूतावासमा दिवाभोज


deupaलण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उनकी पत्नी सभासद डा आरजु देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासमा एक दिवाभोज आयोजना भएको छ । शनिबार आयोजित सो कार्यक्रममा बेलायतको नेपाली समुदायका अगुवा दुई दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो । निर्धारितभन्दा करिब दुई घण्टा ढिलो गरी शुरु भएको कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै बेलायतको नेपाली समुदायसंग सम्बन्धित विभिन्न विषयमा छलफल पनि भएको थियो ।
त्यस क्रममा एनआरएन यूकेका अध्यक्ष महेन्द्र कँडेलले आजका दिनमा ग्लोबल रुपमा समुन्द्रपारि छरिएर रहेका दश लाख बढी नेपालीहरुबीच आइपर्ने समस्यालाईे सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको थप प्रभावकारी प्रभावकारी भूमिकाको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको बताए । त्यसका लागि आवश्यक संयन्त्र र निकायहरुको विकास गरे मात्रै आफना नागरिकहरुप्रति थप संवेदनशील वातावरणको निर्माण हुन सक्ने अध्यक्ष कण्डेलले सुझाव दिए ।
त्यस्तै एनआरएन यूकेका सहअध्यक्ष योगेन क्षेत्रीले आफनो १ सालको कार्यकारी कार्यकाल पूरा भए पनि आफ्नो इच्छाबिना कँडेलले जबर्जस्ती गरेको आफनै कार्यकारी नेतृत्वको घोषणा विधानविपरीत भएको गुनासो गरेकाथिए । जवाफमा देउवाले आफू त्यसबारे अनभिज्ञ रहेको र आफूसंग सम्बन्धित विषय पनि नभएको ठोस जवाफबिना नै पन्छिएका थिए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिंखडाले देशमा जारीे संविधान निर्माणको प्रक्रिया समयमै टुंगिने सम्भावना, एनआरएनलाई दिने भनिएको दोहोरो नागरिकता र उनीहरुको मतदान गर्न पाउने अधिकार लगायतका विषयमा जिज्ञासा राखे ।
नेपलिज महिला एशोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले गलत ठाउंमा गलत विषय उठाउन उचित नहुने र यसले नेपालका राजनीतिक दलका नेताहरुलाई गलत सन्देश जाने विचार व्यक्त गरे । एनआरएन सह अध्यक्ष योगेन श्रेत्रीलाई लक्षित गर्दै उहांले त्यस्ता विषय उठाउनका लागि सो कार्यक्रम गलत ठाउं भउको प्रस्ट पारेकिथिईन् ।
सहभागीका जिज्ञासाहरुमा जवाफ दिने क्रममा नेता देउवाले समयमै संविधान बन्ने विश्वास व्यक्त गरे । संघीयताबाहेकका सबै विषयमा सहमति भइसकेको भन्दै उहांले संविधान बन्नेमा दुई मत नै नरहेको बताए । एनआरएनलाई विशेष नागरिकता दिने सहमतिमा राजनीतिक अधिकार नरहने देउवाले प्रष्ट पारे । बेलायत र नेपाल दुवै देशको नागरिकता लिएको व्यक्तिले कुनै राजनीतिक पद ग्रहण गर्दा उसको लगाव कुन देशप्रति बढी हुने भन्ने प्रश्न गर्दै नले राजीतिक अधिकारसहितको दोहोरो नागरिकताको विषय जटिल रहेको बताए ।
कार्यक्रममा देउवा पत्नी तथा सभासद डा आरजु देउवाले आफूफु संविधान मस्यौदा समितिको सदस्य भएको बताउंदै संविधान समयमै बन्ने दाबी गरिन् । उनले प्रवासी नेपालीको हदोहोरो नागरिकताको हकमा राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रधानन्याधिस तथा संघीय राज्य प्रमुख जस्ता महत्वपूर्ण राजनीतिक पदबाहेकका अधिकारको प्रत्याभूतिका पक्षमा आफू रहेको बताईन् ।
उक्त दिवाभोजमा एनआरएन आईसीसीका विश्वआदर्श पण्डित, कुल आचार्य, समाजसेवी डा राघव धिताल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेकोथियो । त्यस अवसरमा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले कार्यक्रममा उपस्थित देउवा दम्पति तथा अतिथिलाई स्वागत गरेकाथिर्ए भने एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, कोषाध्यक्ष ठाकुर शर्मा लगायतले देउवासंग विभिन्न जिज्ञासा राखेकाथिए । कार्यक्रमको अन्त्यमा गायिका सितु खरेलले शुभकामना गीत सुनाएर सबैलाई मन्त्रमुग्ध पारेकिथिईन् ।
-Achyut Koirala