पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?


मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।