ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम
एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए ।
बारा(४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि-भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनको भनाइ थियो ।
ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम
एमाले अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।
ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका छन् । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया